आफ्नै घरमा काम गर्ने किशोरीमाथि बलात्कार आरोपमा पोखरेल पक्राउ
काठमाडाैं | साउन १२, २०८०
काठमाडौं: मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन् ।
त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।
आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप पोखरेलमाथि लागेको छ । ती किशोरीले यसअघि सामाजिक सन्जालमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै भिडियो पोस्ट गरेकी थिइन् ।
त्यसलगत्तै पोखरेल मुटुको समस्या भएको भन्दै अस्पतालमा भर्ना भएर बसेका थिए । प्रहरीले उनलाई अस्पतालबाटै नियन्त्रणमा लिएको हो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

